Connect with us
Advertisement

इटहरीले ल्यायो आ.ब. ०७७÷७८ का लागि १ अर्व ७८ करोडको बजेट

Published

on

विराटचोकः सुनसरीको इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उपमहानगरको सातौ नगरसभामा उपप्रमुख लक्ष्मी गौतमले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

नगरसभामा संविधानसभाका सभासद रेवती रमण भण्डारी,प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा र लिलम वस्नेतले शुभकामना ब्यक्त गरेका थिए । १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य,कृषि,रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।

आगामी आर्थिक बर्ष इटहरीको २५बर्षे योजना सहितको विस्तृत गुरु योजना निर्माण गरिने भएको छ । इटहरीमा इन्जिनियरिङ अध्यन गराउने सामुदायिक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने भएको छ । इटहरी अस्पतालको सुधार र स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख रकमखर्च गरिने भएको छ । अहिले त्यहाँ ३३ कोठे नयाँअस्पताल भवन निर्माण सुरु भइसकेको छ । ५० बर्षमाथिका जेष्ठ नागरिकको मुटु सुगर लगायतका रोगको निशुल्क परीक्षण गरिने छ । ७५ वर्ष माथिका जेष्ठ नागरिकको सवै प्रकारका रोगको परीक्षण गरिने भएको  छ ।

१ हजार विपन्न परिवारको निशूल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ । इटहरीलार्इ वाँझो जमिनमुक्त क्षेत्र घोषणा गरिने भएको छ । घरेलु ग्रामनिर्माणका लागि १ करोड वजेट विनियोजन गरिएको छ । वहुजातीय संग्राहलय निर्माणकार्यको थालनी गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्षमा वहुवर्षे ११ वटा योजना सम्पन्न गरिने छ । ती योजना सम्पन्न हुदाँ ३० किलोमिटर ग्रामिण वाटो कालोपत्रे हुने छन ।

इटहरीमा निर्माण सुरु गरिएको सुरक्षित आवास गृह सेफ हाउस निर्माण सम्पन्न गरिने छ । उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । इटहरी अस्पताल र उपमहानगर क्षेत्रभित्रका वर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार रकम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ । मेयर कप फुटवल प्रतियोगिता र विद्यालय स्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ । विदेशवाट फर्किएका युवालाई नयाँ रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रम संचालन गरिने छ । मुसहर वस्ति विकास कार्यक्रमलाई निरन्तरता दिइने छ । यो कार्यक्रममार्फत यस बर्ष ९ घर निर्माण सम्पन्नहुन लागेका छन । अति विपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरण गरिने भएको  छ ।

देशमै नौलो स्मार्ट पार्किड निर्माणका लागि पाँच करोड रकम विनियोजन गरिएको छ । इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने छ । इटहरी ९ वीपी चौकमा वीपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको शालिग निर्माण गरिने भएको छ ।

सुन्दरहरैंचाले आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट ल्यायो

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०३ जेठ २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Continue Reading

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक